रोशन गुप्ता
बारा, ३० बैशाख/

सर्लाही जिल्लाको केही मतदान केन्द्रमा झडप भएको स्थानमा सेना परिचालन गरिएको छ भने केही ठाँउमा सहजरुपले मतदान जारी रहेको छ ।
मतदान केन्द्रलाई मतदान संकलन गर्न असहज भएको स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी गरिएको जानकरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन ।

मतदान केन्द्रलाई जनताहरुको मत संकलन गर्न मतदान केन्द्रलाई हसहज हुने स्थान
१) चक्रघटा गाउँपालिका स्थित शिवनगरको रासनारायण प्राथमिक विधालय
२) बरहथवा नगरपालिका १७ श्रीपुर
३) धनकौल गाउँपालिका २ पशु केन्द्र
४) कौडेना गाउँपालिका ६ मा रहेको जनता आधारभुत विधालय
५) रामनगर गाउँपालिका स्थित पुरानो गाविस भवन मतदान केन्द्र

यस मतदान केन्द्र बाहेक अरु केन्द्रमा शान्तिपुर्ण रुपमा चलिरहेको तथा मौसम परिवर्तनको कारणले गर्दा असहज जनताहरुलाई खेपनु परेको जानकारी सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमारले बताएका छन ।


