जीतपुरसिमराका वडाहरुमा शान्तिपुर्ण रुपमा मतदान केन्द्र संचालन, भिडियो सहित

रोशन गुप्ता
बारा, ३० बैशाख /


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा मतदान केन्द्र शान्तिपुर्ण रुपले संचालन गरियो ।


जितपुरमा तिन, बकुलिया मा एक , पथलैयामा एक , सिमरामा एक तथा नगौलमा एक मतदान केन्द्र संचालित थियो । यी सबै मतकेन्द्रको अवस्था समान्य रहेपनि नगौलमा केही समयको लागि बिवाद भएको थियो ।

नगौल तथा पोथाका मतकेन्द्रमा विवाद भएको थियो भने अन्य वडामा शान्तिपुर्ण मतकेन्द्र संचालन भएको थियो । खराब मौसमको कारणले गर्दा मतदातहरुलाई केही समस्या भोग्नुपरेको थियो ।

विहान ७ बजे देखिनै मतदातहरु मतकेन्द्रमा पुगेका थिए भने करिब १२ बजे मतकेन्द्रमा मतदातहरुको संख्या कम भएको कारणले गर्दा सहजरुपले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *