रोशन गुप्ता
बारा,१ जेष्ठ/

बैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले हप्ताको आइतवार पनि विदाहुने भएको छ । यसै निर्णय साथ अब बालबालिकाहरुले साताको दुई दिन विदा पाउने भएका छ । शनिवार तथा आईतवार सार्वजनिक विदा कायम हुने गरि यही जेष्ठ १ गते देखि लागु हुने भएको छ ।

देशमा पेट्रोल तथा विदेशी मुद्रा सकंट आउन सक्ने भएको कारणले आयल निगमले हप्ताको दुई दिन विदा दिने प्रस्ताव सरकार संग गरेको छ । सो प्रस्ताव अनुसार सरकारले आईतवार पनि विदा दिने निर्णय गरेको छ । बिभिन्न बिदाहरुमा कटौती गरि आईतवार पनि विदा दिने निर्णय शिक्षा मन्त्रालय गरेको छ ।

भारत सहित विश्वका अधिकान्स देशहरुमा साताको आईतवार सार्वजनिक विदा हुने गरेको छ । छिमेकी राष्ट्रमा तेलको संकटले केही असर कुनै प्रकारको असर परेको छैन ।


