रोशन गुप्ता
बारा, ३१ बैशाख/

स्थानिय तह निर्वाचनमा बारा जिल्लाको जितपुरसिमरा उपमहागनरपालिका वडा २३ नेकपा एमालेका सम्पुर्ण उमेदवार बिजयी भएका छन । यस पालिकाको वडा २३ बाट नेकपा एमालेका वडा अध्यक्ष पदका उमेदवार मुस्तकिम अंसारी, महिला सदस्य आवदा खातुन मंसुरी, दलित महिला माला देवी मेस्तर , सदस्यमा अफताब आलम र मिरहसन मियाँ मंसुरी रहेका छन ।

स्थानिय तह निर्वाचनमा एमालेका वडा उमेदवारले ७ सय ८२ मत ल्याएका थिए भने लो.स.पा का वडा उमेदवार असलम देवानले ४ सय ७९ मत ल्याउन सफल भएका थिए । अंसारीले देवानलाई २ सय ९३ मतले विजयी भएका छन ।

स्थानिय निर्वाचन २०७४ मा देवान एमालेबाट उमेदवारी दिएका थिए भने २०७९ मा उनलाई लो.स.पा बाट टिकट पाएको थियो ।


