रोशन गुप्ता
बारा, ११ असार /
जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको शनिवार भएको निर्वाचनमा कुल १३ सय ५ मत मध्ये ९ सय ७७ मत खसेको छ ।

यस निर्वाचनमा उधोग तर्फ ८३ , वाणिज्य तर्फ १२ सय १६ र एसोसिएसन तर्फ ६ वटा मतदाता रहेका छन । नगर उधोग वाणिज्य संघको मुख्य कार्यालय जितपुरमा आयोजना भएको हो ।

निर्वाचनको मतगणना उम्मेदवार र प्रतिनिधिसंग छलफल पछि मतगणना सुरु गरिने प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीले बताए ।

यस अघि संघको अध्यक्षमा मोहन शार्मा यसै गरि उधोग तर्फ सचिवमा मुकुेश प्रसाद निर्विरोध निर्वाचित भएका थिए भने एशोसियट तर्फको सदस्य पदमा कसैको उमेदवारी नभएको जानकारी संघले गराएको छ ।


