यौन दुव्र्यवहारमा वडाअध्यक्ष प्रहरी हिरासतमा

रोशन गुप्ता
मकवानपुर, २८ असार
/
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–९ का वडा अध्यक्ष पदमा रहेका भुवनसिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ । घलानलाई यौन दुव्र्यवहारमा आज (मंगलवार) दिउँसो करिब १ बजे हेटौँडाबाट नियन्त्रणमा लिएको हो ।


विधालय खेलकुद प्रतियोगीतामा भाग लिन हेटौडा पुगेकी कालिका मा.विकी छात्रालाई असार १८ गते होटेलमै वडा अध्यक्षले गरेका थिए यौन दुव्र्यवहार जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


छात्राको परिवारले वडाध्यक्ष घलान विरुद्ध यौन दुव्यवहार जाहेरी दर्ता गराएका थिए । पक्राउ परेका वडा अध्यक्षलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *