रोशन गुप्ता
बारा, १८ साउन /
बाराको जितपुरसिमरा उपमहानगरपालिकामा स्थालियलले नै तालाबन्दी गरेका छन ।

आज २ बजेपछि स्थानियले नगरपालिकाको गेटमा तालाबन्दी गरेको छन । करिब ३ घण्टा नगरपालिकाका कर्मचारी नगरपालिकामा थुनिएका थिए । आक्रोशित जनताहरुलाई शान्ति पुर्वक विरोध गर्न वडा अध्यक्षले आग्रह गरेका थिए ।

स्थानिय चुनाव २०७९ सालको निर्वाचनबाट निर्वाचित भइ आएका नगरपालिका प्रमुख राजन पौडेल तथा यस पालिकाको प्रमुख प्रसासकीय अधिकृत चेत कुमार पोखरेल नगरपलिको प्राङ्गण बाट सधै बाहिर नै रहने गरेको छन I के स्थानियले वहाँलाई बाहिर बसनको लागि नै नगर प्रमुख बनाएको हो त ? एक महिना देखि बजारको फोहोर उढी रहेको छैन, ट्रयाक्टर माग्दा तेल छैन कहिले–कहिले ट्रयाक्टर नै छैन , बाटोलाई मर्मत गर्नलाई जेसेवी माग्दा बिग्रेको छ, तर वहाँहरुले चढने गाडी बिग्रने भएन । अत्यधिक वर्षाको कारणले गर्दा बिधालय जाने बालबालिकाहरुले कति समस्या भइरहेको छ बाटोको कारणले गर्दा, त्यो सरकारी गाडीमा बस्नेलाई के थाहाँ, जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताए ।

आक्रोशित स्थानियलाई समझाई बुझाई गेटमा लागेको ताला करिब ५ बजे नगरपालिकाको उपप्रमुख भोला अधिकारी तथा वडा ७,२ र ६ को सहयोगमा खोलिएको थियो ।



