रोशन गुप्ता
बारा, २० साउन /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका को राजधानी शहर जितपुरमा महाविर झण्डा मेलाको तैयारी हुन थालेको छ । आज विहान १० बजे वडा अध्यक्ष सुनिल कुमार गुप्ताको उपस्थितिमा महाबिर झण्डा मेला समिति गढन गरिएको छ ।

प्रभु हनुमानको झण्डा निर्माण गरेर बैदिक विधि अनुसार पुजा आराधना गरिने छ । मेला जितपुरको गुद्धरी बजारमा आयोजना गरिने छ । यस मेलामा नाच–गानाको पनि व्यवस्था गरिको जानकारी महाबिर झण्डा मेला समितिका वरिष्ठ अध्यक्ष राजु गुप्ता साह कलवारले बताएका छन ।

यस कार्यक्रममा वडा सदस्य सिता उप्रेती, निरुल्लाह अंसार, नविन मैनाली तथा मेला समितिका सदस्यहरु सहित बजारका स्थानियहरुको उपस्थिती रहेको थियो ।


