गुप्ताले गरे नगर प्रमुखको स्वास्थ्य लाभ कामना

रोशन गुप्ता
बारा, २२ साउन
/
जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल मोटरसाईकलमा दुर्घटना बाट घाईते भएका छन । आफु चलाइरहेको मोटरसाइकल सिमरा स्थित सुर्य नेपालको अगाडी दुर्घटनामा खुटामा चोट लागेको थियो ।


यसै पालिकाको वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले अलपाइन हस्पिटलमा नगर प्रमुखलाई भेटी शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका थिए ।


सिमरा स्थित अलपाइन अस्पतालमा उपचार गराई अवस्था समान्य भएपछि वहाँ घर फर्किएका छन । सिमरा बाट आफनो घर बजनी तर्फ जादै गरेको बेला विपरित दिशाबाट आउदै गरेको बा९च ७५७४ नम्बरको कार सँग ठोक्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *