जितपुरसिमरा उपमहा नगरपालिकामा कर को कहर, स्थानियले गरे विरोध प्रदर्शन

रोशन गुप्ता
बारा, २६ साउन,


बाराको जितपुरसिमरा उपमहानगरपालिकाले सम्पति कर, सेटर भाडा बढाएको तथा स्थानिय चुनावमा गरेको वाचा कहिले पुरा गर्ने भन्दै चौतर्फी विरोध भएको छ ।


नगरपालिकाले १०००प्रतिशत सम्पति कर वृद्धि खारेज गर , सेटरभाडा ४०० प्रतिशतले वृद्धि खारेज गर र गुदरी बजार करमा भएको बृद्धि खारिज गर नारा का साथ जितपुरमा वडा प्रतिनिधि तथा स्थानियले विरोध रैली प्रदर्शन गरेका छन ।


मौलापुर नगरपालिकामा नगर प्रमुख रीना कुमारी साहले जनताहरुमा लादीको करको भार माफ गरि न्युन्तम कर लागु गरेकी छिन । राजनिति जनताको हक हितको लागि गरिन्छ हक विहिन गर्नको लागि होइन । जितपुरसिमरा उपमहानगरपालिकाले अवैज्ञानिकरुपमा नगरवासीको ढाड सेक्ने गरी कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरुपमा कर निर्धारण गरिनुपर्ने अन्यथा हामी यसभन्दा ठुलो विरोध प्रदर्शन गर्ने यसै पालिकाका वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले विरोध जनाएका छन ।


चुनावको बेलामा झुठो वाचा गर्ने नगर प्रमुख जनतालाई ५ वर्ष झुकयाउन सफल भएपनि अर्को चुनावमा त्यही जनताको दैलोमा भोट माग्न कसरी जाने, कुन आधारमा जनता सँग भोट माग्ने ख्याल गर्नुस् मेयर साहब, हामी विकास विरोधी होइन तर जनताको सामाथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङले कर वृद्धि गर्ने नगरपालिको निर्णय मान्य नहुने प्रदर्शनमा उत्रिएका स्थानीयले बताएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *