लुम्बिनीमा कर्मचारीलाई निस्कासित गरि आफ्नै नातेदारलाई नियुक्ति गरेपछि समस्यामा सेवाग्राही

रोशन गुप्ता
भैरहवा, २६ साउन
/
प्रभु बुद्धको जन्मस्थल लुम्बिनीमा स्थानिय तह बाट निर्वाचित लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच भित्री सेटिङ नमिले पछि पुरानो कर्मचारीलाई निस्कासित गरेपछि जनताहरु समस्यामा परेको छन ।


रुपन्देहीमा यो कुनै नयाँ घटना होइन दर्शक बिन्द, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नै यस गतिविधिमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारीहरु चिन्तीत बनेका छन ।


यसै पालिकाका नगर प्रमुख सजरुदिन मुसलमान र प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेको निर्णयले नगरपालिकाको कामकाजमा प्रभावहुन पुगेको छ । बिना कारण कसैको जागीर चट गर्ने अनि कामै गर्न नसक्ने आफ्नतलायई केही स्वार्थको आडमा नियुक्ति भएको कारणले पालिकाको कामकाजमा प्रभावित भएको कल्पना हरिजनले बताएकी हुन ।
साउन १ गते देखि करारमा रहेका ९ कर्मचारीलाई बर्खास्त गरी १३ जनालाई नयाँ कर्मचारी भर्ना हुने नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपले निर्णय गरे । आफनो मनपरि गर्ने बिना कार्ययपालिकाको निर्णय नै नगरी फर्जी तरिकाले कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने कार्य कहिले पनि सुइकार्य कहिले पनि नहुने विरोध जनाउदै आएकी उपप्रमुख हरिजनले पत्रकार सम्मेलन मा बताएकी हुन ।


नयाँ कर्मचारीको रुपमा रहेको कर्मचारी को बिवरण यस प्रकार रहेको छ ।
१. नगर प्रमुखको छोरा अहेबलाई सहायक सब इन्जिनियर
२. नगर प्रमुखको ज्वाँइलाई सहायक सब इन्जिनियर
३. नगर प्रमुखको नातामा पर्ने सालोलाई कम्प्युटर अपरेटर
यसको साथै स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा ल्याइने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *