रोशन गुप्ता
बारा, २४ भादौ /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ बाट ७ सदयस्य सहित गढिमाई साझेदारी बन उपभोक्ता समुह गठन भएको हो । वडा ७ को कार्यालयमा सम्पन्न भएको भेलाले सदस्य चयन गरिएको हो ।

वडा अध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा वन उपभोक्ता समिति वडा ७ बाट ७ सदस्य गठन भएका छन । सदस्यमा महिला तर्फ बाट मालती गिरी र रेनुका गिरी, दलित तर्फ बाट ललिन्द्र महरा, मधेशी बाट राज किशोर प्र. साह कलावर र अन्य बाट मनोज कुमार गुप्ता, राकेश कुमार गुप्ता, अजित कुमार राय रहेका छन ।

श्री गढिमाई साझेदारी वन व्यवस्थापन उपभोक्ता समुह÷समिति गठन गर्नको लागि वन नियमावली २०७९ को नियम ५६ को उपनियम १० (क) बमोजिम यस श्री जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को वडा स्तरिय उपभोक्ता भेला बाट तपसिल बमोजिम को सदस्य छनोट भएका हुन ।

यस कार्यक्रममा वडा सदस्य सिता उप्रती, नुरुल्लाह अंसारी, नबिन मैनाली, गढिमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष गणेश साह कलवबर , गढिमाई साझेदारी बनका ईन्चार्ज ललन राउत कुर्मी , गढिमाई साझेदारी बन उपभोक्ता समुहका सदस्य आनन्द शर्मा, बन रक्षक बाबुराम अधिकारी , शेषनाथ प्रसाद कुश्वाहा , सन्तोष अधिकारी , डिभिजन बन कार्यालय बाराका सहायक बन अधिकृत आविद हुसेन, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ वडा सचिव दिल्ली ढुङाना , समाजसेवी अनिल कुमार साह , युवा नेता अफताब आलम , आयुब खान लगाएतको संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


