बिपना शर्मा
बारा
बारामा तेल उद्योगमा भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । बाराको जितपुरसिमरा उपमहानगरपालिका९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझ साढे सात बजे देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिएको थियो । आगलागीको बारेमा थप अनुसन्धान भइरहेको र आगलागी बाट के कती मुल्य बराबरको क्षति भएको तथ्याँङक संकलन भइरहेको प्रहरीले जनाएको छ

