बारामा ६ लाख घुस सहित २ जना अख्तियारको फन्दामा

बिपना शर्मा
बारा
बाराको सिमरामा रहेको मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौको टोलीले छापा मारी गर्दा ६ लाख घुस सहित मालपोत कार्यालयका कामु प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्री बडाललाई रंगेहात पक्राउ गरेको छ । अनुसन्धान आयोगले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ स्थित एक जग्गा खरिद विक्रीका क्रममा सेवाग्राहीसँग घुस लिदा लिदै पक्राउ गरेको हो । बाराको अमलेखगञ्ज स्थित एक होटलबाट शुक्रवार ८ बजे राती रंगेहात पक्राउ गरिएको आयोग जनाएको छ । पक्राउ परेका कामु प्रमुख खनाल र लेखापढी व्यवसायी बडाललाई काठमाण्डौ स्थित केन्द्रीय कार्यालयमा लगिने र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यो भन्दा पहिले पनि सोही मालपोतका प्रमुख मदन गुप्ता अख्तियारको फन्दा परी छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *