काठमाडौ
फागुन–५
कक्षा १२ को परिक्षाका बेला टिकटक बनाएर समाजिक संजालमा राख्ने विधार्थी को परिक्षा राष्ट्रिय परिक्षा बोर्डले रद्ध गरेको छ । कक्षा १२ को परिक्षा मंसिरमा बोर्डल संचालन गरेको परिक्षामा कालिका मा.बि दैलेखको एक विधार्थी रोशन कुमार शाहीको परिक्षा रद्ध गरिएको हो । रोशन शाहीको चालु खण्डको परिक्षा रद्ध गरेको र परिक्षाको बेला निरिक्षकका रुपमा खटिएका शिक्षक कमल बहादुर शाही र केन्द्र अध्यक्ष चक्रबहादुर शाही ३ वर्ष सम्म बोर्डले संचालन गर्ने कुनै पनि परिक्षामा सहभागी हुन नपापउने गरि कारवाही गरिएको एवं निजहरुलाई विभागीय कारवाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरिएकोले हो ।

