एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, १७ सिट जसपाले पाउने

रोशन गुप्ता
बारा, २२ आश्विन


निर्वाचन आयोगल मंसिर ४ गतेको प्रतिनिधिसभा चुनावमा नेकपा एमाले र जनता समाजवादी पार्टी बिच तालमेलको सहमति भएको छ ।


नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादव दुबै बिच हिजो राति सहमति पत्र भएको छ ।


दुबै पक्ष बिच भएको सहमतिमा जसपाले प्रतिनिधि सभाका १७ सिट पाउने उल्लेख गरिएको छ भने ३५ सीटमा जसपाले एमालेलाई हातेमालो गर्ने छ । तालमेला नभएको क्षेत्रमा दुबै पार्टीले उम्मेदवारी दिन सक्नेछन ।


मधेश प्रदेशमा कुल ३२ मध्ये २८ क्षेत्रमा मात्र तालमेल भएको पत्रमा निर्धारण गरिएको छ भने बाकी ४ क्षेत्रमा हातेमालो गरि प्रतिस्पर्धा गर्न दलहरु सहमती जनाएका हुन ।

दुवै पक्ष विच भएको सहमति पत्र यस प्रकार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *