एजेन्सी
भारत, १६ आश्विन /
भारतमा प्रभासको आगामी फिल्म आदिपुरुषलाई प्रतिबन्ध लगाउन लगातार देशको कुना–कुना बाट माग भइरहेको छ । यसै बिच निर्देशकलाई कानुनी सुचना पनि सरकारले जारी गरेको छ । पत्रमा जनता सँग उनले माफी मागन भनिएको छ ।
अब बिहीबार सर्व ब्राहाण महासभाले ओमलाई नोटिस पठाएको छ । फिल्मबाट हिन्दु धर्ममा केन्द्रीत गरि राखीएको दृश्यहरु तत्काल हटाउन तथा नहटाए कानुनी कारबाही गरिने त्यस पत्रमा उलेखित गरिएको छ । सर्व ब्राहाण महासभाका राष्ट्रिय अध्यक्ष सुरेश मिश्रको तर्फबाट अधिवक्ता कमलेश शर्माले यो सुचना पठाएका हुन । फिल्मका निर्देशकले रामायणमा इस्लामिकरण गर्ने प्रयास गर्ने गरेको तथा यसबाट हिन्दु भावनामा चोट पुग्ने सुचनामा उल्लेख छ ।
भगवानले लगाउने वस्त्र लेदर देखाइको
केही दिन पहिला नै फिल्मका निर्माताले फिल्मको टिजर समाजिक संजालमा राखेका थिए, जसलाई जनताले हलका पनि रुचाएका छैन्न । फिल्मको टिजरमा प्रभास राम र सैफ अली खान रावणको भुमिकामा देखा परेको छन । सिताको भुमिकामा कृति सेनन छिन । फिल्मलाई लिएर सामाजिक संजालमा जनताहरुले निकै ट्रोल गरिरहेका छन । कतिपयले फिल्मको भिएफएक्सलाई रुचाएका छैन्न भने धेरैले रावनको भुमिकामा सैफको लुक मन पराएका छैन्न । आईएएनएसको रिपोर्टको अनुसार सर्व ब्राहाण महासभाबाट कानुनी सुचना प्राप्त भएको छ । पत्रमा लेखिएको छ कि “फिल्ममा हिन्दु देवताहरुलाई गलत रुपान्तत्रण गरिएको छ । हिन्दु देवता छालाको लुगा लगाएर नराम्रो बेहोवार फिल्मको निर्माताले देखाउन प्रयास गरिएको छ ।
हनुमानलाई मुगल बनाइने प्रयास
पत्रमा रामायण हाम्रो इतिहास र आत्मा हो भनेर उलेखित गरिएको छ । आदिपुरुषमा हनुमानलाई मुगलको रुपमा रेखाकंन गरिएको टिजरबाट पुर्ण हुन्छ । हनुमान जी को जस्तो जुँगा बिना दाह्री राख्ने हिन्दु कुन हो ? यो फिल्ममा भगावन राम, माँ सिता, भगवान हनुमान र रामायणको पुर्ण इस्लामीकरण गर्ने निर्माताको पुर्ण प्रयास नै हो ।
फिल्ममा रावनको भुमिका निभाएका सैफ अली खान पनि तैमुर वा खिलजी जस्तो देखिन्छन् । यो फिल्मले केही वर्गमा भावनालाई उक्साएर घृणा फैलाउने छ । हिन्दु धर्म सँग खेलवाड गर्ने कसैलाई अब छुट दिइने पत्रमा लेखिएको छ । हिन्दु धर्ममा प्रहार गर्ने निर्मातालाई जनताहरु सँग माफी माग्न साथै संवाद र चित्रणहरु मेटाउनुहोस् अन्यथा कानुनी कारबाही गरिने जानकरी पत्र मार्फत गराइएको छ ।