रोशन गुप्ता
बारा, २२ असोज /

निर्वाचन आयोगले मंसिर ४ गते गर्ने प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा नेकपा एमाले रुपन्देही–२ मा पुरानै उम्मेदवार दोहो¥याउने भएको छ ।

प्रतिनिधिसभा चुनावमा एमालेले सभातर्फ उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेल दिने निर्णय गरेको छ । यसै सँग प्रदेशसभा २(१) मा पोलिटव्युरो सदस्य लिला गिरी र २(२) मा प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उमेदवारी बनाउने भएको छ । यी दुवै पात्र लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री पनि रहेका हुन ।

२०७४ को प्रतिनिधिसभा चुनावमा उपाध्यक्ष पौडेलले नेपाली कांग्रसका उम्मेदवार युवराज गिरीलाई भारी मतको अन्तरले हराएका थिए । सत्ता गठबन्धनको कारणले गर्दा रुपन्देही–२ नेकपा एकीकृत समाजवादी (एस) पार्टीले पाउने भएको छ ।


















