बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा रहेको ईलाका प्रहरी कार्यालयले ९० हजार बराबरको बटर नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ प्रहरी कार्यालयको अगाडी खटिएको नियमित चेकिङ टोलीले आज १२ः३० बजे यात्रुबसमा बेवारिसे अवस्थामा २१ कार्टुन बटर बरामद गरेको हो । पक्राउ परेको बस्तु बाट स्वादिलो परिकारको लागि होटेल तथा बिस्कुट उधोग कम्पनीले प्रयोग गर्नेगरेको हुन्छ । प्रहरीले बरामद गरेको २१ कार्टुन बटरको मुल्य ९० हजार ७ सय २० रुपैया रहेको बस्तुलाई नियन्त्रण लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक कमल बहादुरले बताएका छन ।