बारा जिल्लाका एक युवा हातहतियार सहित प्रहरी फन्दामा

रोशन गुप्ता
बारा, २६ आश्विन
/


बाराको पचरौता नगरपालिका वडा ९ का एक २९ वर्षीय युवा हातहतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।


अगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने उदेश्य अनुरुप सिमावर्ती भारतीय जिल्लाहरुबाट अवैध सानो हातहतियार नेपाल भित्रिन नदिन सिमावर्ति क्षेत्रमा कडाइ गर्ने गरेका छन ।


विशेष सुचनाको आधारमा आज करिब ५ बजे बेलुकाको समयमा पचरौता नगरपालिका वडा नं.९ का रादो राय यादवका २९ वर्षीय छोरा अमर राय यादवलाई तियर खोला पुलमा निजले बोकेको प्लाष्टिकमा बोराको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध घरेलु कटुवा पेस्तोल १ थान र एके–४१सि सि सि पि कम्पनीको चक्कु १ थान फेला परेको हुनाले निजलाई नियन्त्रणमा प्रहरी लिइ सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कलैयाका प्र.ना.उ. राजेश थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *