आचारसंहिता उल्लंघन गर्ने दजनौ भन्दा बढि व्यक्ति तथा संस्था सँग आयोगले माग्यो स्पष्टीकरण

रोशन गुप्ता 

बारा, २९ आश्विन /

निर्वाचन आयोगले लागुगरेको आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति तथा ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निर्वाचन आयोगमा दर्ता भएको उजुरी तथा प्राप्त भएको डाटाको आधारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल लगायत अन्य पार्टीका नेताहरु तथा संस्थालाई स्पष्टीकरण आयोगले उपल्बध गराउन माग गरेको छ ।

         पचरौता नगरपालिका का प्रमुख जलन्धर सिंह जैसवार, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा अधिकृत सातौँ तहमा कार्यरत गोकुल बस्ती तथा हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे, नुवाकोट–१ का उमेदवार त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्ने तथा आयोगले स्पष्टीकरण सोधेको छ ।

त्यस्तै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरणको माग गरेको आयोगका सहायक प्रवक्ता भटराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *