सुरज गुप्ता
काठमाडौ–३२
सर्वोच्च अदालतको आदेश प्रति देश भरी दिपावली मनाइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णलाई बदर गरेको कारणले गर्दा देशमा दिपावली मनाइएको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन निर्णयलाई सर्वोच्च अदालतले बदर गरे लगत्तै देशमा खुसियाली स्वरुप दिपावली मनाइएको हो ।
मंगलवार काठमाडौको माइतीघरमा विवेकशील साझा पार्टीको आयोजनामा दिप प्रज्वलन गरिएको छ । यसको साथै जितपुर बजारको चौकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुनिल कुमार गुप्ताको अगुवाइमा दिप प्रज्वलन गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षले चितवनमा एक अर्कोलाई लडु खुवाइ खुसियाली साटेका छन । संसद् संसद विघटनविरुद्धको आन्दोलनमा आमजनताहरुले पनि साथ दिएका सबै जनताहरुलाई धन्यवाद पनि दिएका हुन ।

