श्याम गुप्ता
बिरगंज ,पर्सा
२०७७ फागुन–११ गते
पर्साको ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाईएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा कार्यरत कार्यालय सहयोगी सर्मिला रुम्बाको ठाउँमा उनका बुवा कृष्ण बहादुर रुम्बाले कार्यालय सहयोगीको रुपमा काम गरिरहेका पाईएको हो । सर्मिला गाउँपालिकाको तर्फबाट करार सेवामा काम गरिरहेकी थिईन् । उनी गएको महिना बिहे गरि चितवन गए पछि उनका बुवाले नैं कार्यालय सहयोगीको रुपमा स्वास्थ चौकीमा काम गरिरहेको स्थानीयले बताएका छन् । सर्मिला तलब बुझ्न र करारको म्याद थप गर्नको लागि मात्र कार्यालय आउँने गरेको स्थानीयले बताएका छन् । सर्मिला सोमवार नैं करारको म्याद थप गराई पुनस् आफ्नों ससुरा चितवन फर्किएको स्थानीयले बताएका छन् । तर , ठोरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णलाल श्रेष्ठले आँफुलाई सर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुँनै जानकारी नआएको र छोरीको नाममा बुवाले काम गर्न नपाउँने भन्दै यस बिषयमा तत्काल छानबिन गरिने र त्यसो भेटिए कानुन अनुसार कारवाही गरिने बताएका छन् । यता स्वास्थ संयोजक रमेश राज थिङ्गले सर्मिला बिहे गरेर गएको आँफुलाई जानकारी भएको तर , कार्यालयमा उसको बुवाले काम गरिरहेको बारे आँफुलाई जानकारी नभएको भन्दै आजै सत्य तथ्य बुझ्न अनुगमन समेत गर्ने बताए ।

