चार हजार ७ जनालाई लाईसेन्स् बितरण

श्याम गुप्ता
बिरगंज ,पर्सा
२०७७ फागुन–११ गते
यातायात व्यवस्था कार्यालय बिरगंजले बितेको तीन महिनामा ४ हजार ७ सय थान सवारी चालक अनुमति-पत्र (लाईसेन्स्) बितरण गरेको छ कार्यालयको लाईसेन्स् शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को माघ सम्ममा ४ हजार ६ सय ९८ वटा लाईसेन्स् बितरण गरिएको हाे । कोरोना महामारीका कारण यो वर्ष गत मंसिरबाट मात्रै लाईसेन्सको परिक्षा सञ्चालन भएको थियो । मंसिर यता तीन महिनामा ३ हजार २ सय ८० सेवाग्राहीले नयाँ र १ हजार ४ सय १८ जनाले वर्गीकरण थपेर लाईसेन्स् बनाएका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाईएको बन्दाबन्दीका कारण लाईसेन्सको परिक्षा स्थगित भएकाले यो वर्ष सेवाग्राहीको चाप बढेको यातयात व्यवस्था कार्यालयका प्रमुख शुशील साहले बताएका छन् । यो कार्यालयले बितेको चैत ६ गते यता लाईसेन्सको परिक्षा लिएको थिएन । गत असारमा केही दिन कार्यालय खुले पनि नविकरणको काम मात्रै भएको कार्यालयले जनाएको छ । यो वर्षको मंसिर देखि लाईसेन्सको लिखित र ट्रायल परिक्षा पुनः सञ्चालन गरिएको प्रमुख साहले बताए । गत चैतमा लिखित परिक्षा दिएका र ट्रायल पास गरेका सेवाग्राहीले समेत अहिले लाईसेन्स् लिईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *