निर्वाचन आयोग मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा गढबन्धनबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उमेदवार कृष्ण कुमार श्रेष्ठलाई बारा जिल्लामा मतदान गर्न पाउने छैन ।
वहाँले बारा जिल्ला क्षेत्र ४ बाट उमेदवरी दिएका हुन तर वहाँको घर परिवार ब्यास नगरपालिका ४ दमौलीको मतदाता नामवलीमा नाम रहेको हुनाले बारा बाट उमेदवारी दिन त पाए तर आफुलाई नै मतदान गर्न नपाउने भएका छन ।
निर्वाचन आयोगले प्रत्यक्ष तर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्रमै हाजिर भई मतदान गर्ने कानुनी प्रवधान गरेको हुनाले वहाँले बारामा मतदान गर्न नपाउने निर्वाचन आयोगले बताएको छ ।