निर्वाचन आयोगले लागुगरेको आचारसंहिता उल्लंघन गर्ने हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई आयोगले २४ घण्टा भित्र स्पष्टीकरणको माग गरेको छ ।
काठमाडौँको वडा ५ का हाम्रो नेपाली पार्टीका उमेदवारले लौरो स्वतन्त्र उमेदवार भन्दै प्रचार गर्ने मधुसुदन पाठक सहित अन्य उमेदवारलाई आयोगले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
हाम्रो नेपाली पार्टीको चुनावी चिन्ह हो तर यसै दलका उमेदवारले आफु स्वतन्त्र उमेदवार भन्दै समाजिक संजाल मार्फ प्रचार–प्रसार गर्ने गरेका छन ।
यस प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा भ्रम उत्पन्न गर्ने जोकोहीलाई आयोगले १ लाख सम्म जरिवाना गर्न सक्ने छ । आयोगले जारी गरेको २४ घण्टे स्पष्टीकरणमा १ लाख जरिवाना किन न गर्ने उल्लेख गरिएको छ ।