बाराकाे क्षेत्र नम्बर ४ मा देवनारायण बलियाे

रोशन गुप्ता 

जीतपुर, १ कार्त्तिक /

बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यमा अनुभवी उमेदवार देवनारायण चौधरीको लोकप्रियता दिन–प्रति–दिन बढदै गइरहेको छ । 

विहानको उदाउदो सुर्य सँगै जितपुरको टेंढा चौक नजिक रहेको चिया पसलमा स्थानियको घुइचो लाग्ने गरेको हुन्छ । अनि उमेदवार मध्ये चर्चा देवानारायण चाैधरी कै मात्र । चाैधरीकाे नाम मात्रैले हरेककाे मुहार हसिलाे र उज्यालाे देखिन्छ । हरेककाे मुखबाट देवनारायण कै पक्षमा चर्चा । गत २०७४ सालको चुनावमा देवनारायण चौधरीले मात्र १ हजार ६ सय मतले प्राजित हुँनुभएको थियाे । रामएकबाल मियाँ र देवनारायण चौधरी बिच ठुलो टक्कर रहेको थियो ।

 राजपाबाट चुनाप लडेका मियाँले २२ हजार दुई सय ७५ मत प्राप्त गरेका थिए, भने एमालेका चौधरीले २० हजार ६ सय ६८ मत पाएका थिए । मियाँबाट चौधरी १ हजरा ६ सय मतले पराजित भएका थिए । त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रसका उम्मेदवार लालबाबु सिंहले भुईहारले १४ हजार ५ सय १६ मत मात्र प्राप्त गरेका थिए । २०७९ सालको प्रदेश सभा “क” मा चौधरी जस्तो अनुभवी कोही नरहेको कारणले वहाँलाई विजयी बनाउँनै पर्दछ चिया पसलमा चियाको चुस्कीसँगै कुरा गर्दै थिए ।

जिल्लाका अन्य क्षेत्रको तुलनामा क्षेत्र ४ मा एमालेको अवस्था राम्रो रहेको र जिल्लाको बलियो उमेदवार एकबाल मियाँको साथ रहेकोले देवनारायण चौधरी जित्ने सक्ने सम्भावित उम्मेदवारका रुपमा हेरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *