निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बारा जिल्लाबाट प्रदेश सभा तर्फ महिलाहरुको सहभागीता मात्र १ प्रतिशत रहेको छ ।
बाराको क्षेत्र नम्बर ३ बाट प्रदेश सभा (ख) को लागि स्वतन्त्र उमेदवारी प्रमिला गिरी , क्षेत्र नम्बर ४ बाट प्रदेश सभा (क) को लागि स्वतन्त्र उमेदवारी नारायणी रायमाझी र क्षेत्र नम्बर १ बाट प्रदेश सभा (क) को लागि नागरिक उन्मुक्ति पार्टीबाट राधा कुमारी चौधरी रहेकी छिन ।
जिल्लामा महिलाहरुको संख्या ज्यादा भए पनि शिक्षामा अग्रसर भएपनि देश निर्माण गर्ने समय अग्रसर नभएको निर्वाचनको डाटाले स्पस्ट पारेको छ । पुरुष भन्दा महिलाहरुलाई अधिकान्स देशमा कानुनी अधिकार ज्यादा दिइने गरेको पाईन्छ । नेपालमा पनि पुरुष भन्दा महिलाहरुलाई पनिकानुनी हक अधिकार दिइएको छ ।
यसमा सबै भन्दा कम उमेर भएका उमेदवार राधा कुमारी चौधरी ३१ वर्षकी रहेकी छिन भने सबै भन्दा बढी उमेर भएकी ५९ वर्षकी उमेदवार नारायणी रायमाझी रहेकी छिन ।