निर्माण सम्पन्न भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार यादव र मधुकरले सेवाग्राहीबाट घुसबापत रु. १ लाख लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका थिए। पक्राउका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको थप रु. ३३ हजार ७०५ नगद समेत बरामद भएको जनाइएको छ।
उनीहरूलाई मंगलबार साँझ मलंगवा नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिइएको हो। अख्तियारले बुधबार विशेष अदालतबाट म्याद थप अनुमति लिएर घुस (रिसवत) सम्बन्धी भ्रष्टाचार मुद्दामा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।