प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव २०७९ अन्तर्गत निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार देवनरायण थारु (चौधरी) ३ हजार ६२० मतले विजयी हुनुभएको छ ।
चौधरीले १३ हजार ६०९ मत ल्याएर मधेश प्रदेश सभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा माओबादी पार्टीका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठले ९ हजार ९८९ मत ल्याउनुभयो ।
हाम्रो नेपाली पार्टीका संतोष कुश्वाहाले ४ हजार १४२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ३ हजार ६५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।