प्रतिनिधिसभा अन्तर्गत बारा ३ मा नेकपा एमाले पार्टीकी उमेदवार ज्वाला साहले २ हजार ८२ मतले जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवलाई पछाडी पर्दै अग्रता बनाउनुभएकी हुन ।
एमाले पार्टीका उमेदवार ज्वालाले १७ हजार १०८ मत पाएकी छन भने जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवले १५ हजार ५३ मत ल्याइ यादव भन्दा साह २ हजार ८२ मतले अहिले सम्म अग्रस्थानमा देखिएकी छिन ।
यसै गरी ९९३९ मत ल्याई तेस्रो स्थानमा सत्ता गठबन्धन तर्फ लोकतान्त्रिक समाजवादी पार्टी बाट उमेदवारी दिएका लालबाबु सिंह रहेका छन ।