प्रतिनिधिसभा अन्तर्गत बारा ३ मा नेकपा एमाले पार्टीकी उमेदवार ज्वाला साहले २ हजार ९८२ मतले जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवलाई पछाडी पर्दै निर्वाचित हुनुभएको छ ।
एमाले पार्टीका उमेदवार ज्वालाले २० हजार २५१ मत पाएकी हुन भने जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवले १७ हजार २६९ मत ल्याइ यादव भन्दा साह २ हजार ९८२ मतले निर्वाचित भएकी हुन ।
यसै गरी ११ हजार ९६४ सय मत ल्याई तेस्रो स्थानमा सत्ता गठबन्धन तर्फ लोकतान्त्रिक समाजवादी पार्टी बाट उमेदवारी दिएका लालबाबु सिंह रहेका छन ।