जीतपुरमा मोबाईल खरिदकर्ताले पाए उपहारमा २० लाखको कार (फोटो फिचर सहित)

रोशन गुप्ता

बारा, १० मंसिर /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा एक मोबाईल खरिद कर्ताले पाए उपहारमा २० लाखको कार । 

दशैको बमपर उपहार अन्र्तगत वहाँले SAMSUNG को गैलेक्सी एम १२ खरिद गर्दा लक्की ड्रो मार्फत औराहाका निवासी दिपेन्द्र चौधरीले कार उपहारमा प्राप्त गरेका छन  । एस के मोबाईल हबबाट गलेक्सी एम १२ मोडेल को मोबाईल रु १८ हजार ५०० मा खरिदमा वहाँलाई लक्की ड्रो मार्फत पाए २० लाख बराबरको रिनल्ट कम्पनीको कार ।

जीतपुरको एस के मोबाईल हब का प्रो राजेश गुप्ताले कार विजयीतालाई मंसिर ८ गते कम्पनीको तर्फबाट कार हस्तान्तरण गरेका थिए ।

गुप्ताले कार विजयीतालाई आज शनिवार एक कार्यक्रमको आयोजना गरी सम्मान सहित केक काटेर चौधरीलाई बधाई शुभकामना दिएका थिए । यस कार्यक्रमका जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ता, जीतपुरसिमरा नगर उधोग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, बारा मोबाईल एसोसिएसनका अध्यक्ष मोहन कार्की, वडा ७ का वडा सदस्य निरुल्लाह असारी, जीतपुुरसिमरा नगरउधोग वाणिज्यको संस्थापक अध्यक्ष धनश्याम गिरी, रेडियो आकाशवाणीका संस्थापक अध्यक्ष तथा समाजसेवी राजुराज गिरी, जीतपुरसिमरा नगर उधोग वाणिज्य संधका महासचिव प्रकाश गिरी, समाजसेवी कृष्णा गुप्ता लगायतको कार्यक्रमा उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *