विश्वकपको उपाधि दावेदारलाई समुह “एफ” अन्तर्गत आईतबार साँझा भएको खेलमा बेल्जियमलाई मोरोक्काको धक्का लागेको छ । सो खेलमा बेल्जियम मोरोक्को सँग २–० को गोलले परारजित भएको हो ।
विश्व कप अल थुमामा स्टेडियमा भएको खेलमा मोरोक्कोलाई जितहासिल गराउन अब्देलहामिद साविरी र जाकारिया अबौँखललले गोल गरेका थिए । जहाँ विश्व कपमा सबै ध्यान केन्द्रीत भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएता पनि साविरिले ७३ औँ मिनेटमा गोल मोरोक्कोको उत्साह जगाउनुभएको थिए ।
त्यसपछि जाकारियाले इन्जुरी हाकिम जियाचको पासमा गोल गर्दै मोरोक्कोलाई जिताए । अर्को तर्फ ६६ प्रतिशत बल पोसेसन राखेपनि बेल्जियमले मोरोक्कोको राक्षापंक्ति तोडन नसक्दा हार खेप्यो ।
एक अंक समेत नलाउने क्रोएसिया तेस्रो स्थानमा छ भने अंकविहिन क्यानडा सबैभन्दा अन्तिममा रहेको छ । आईतबार रातिको ९ः४५ बजे क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा हुदैछ ।