प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फ मतगणना हाल जारी नै रहेको छ । तर हाल सम्म निर्वाचन आयोगले १ करोड ४ लाख २० हजार १ सय २५ मतगणना भइसकेको छ ।
निर्वाचन आयोग को मतगणनाको हाल सम्मको डाटा हेर्नेहो भने नेकपा एमालेले २७ लाख ८८ हजार ३ सय ५६ मत प्राप्त गरको छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ त्यसै गरि तेस्रो स्थानमा नेकपा (माओबादी केन्द्र) ले ११ लाख ६२ हजार १ सय २४ मत हाल सम्म प्राप्त गर्न सकेको छ ।
तेसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३ मत प्राप्त गरी चौथो स्थान बनाउन सफल भएको छ । पाँचौ स्थानमा भने जनता समाजवादी पार्टी ४ लाख २० हजार ९ सय ४६ गरेका छन भने ६औँ स्थानमा हेर्नेहो भने जनमत पार्टी ३ लाख ९४ हजार ५ सय २३ मत ल्याई आफनो स्थान सुरक्षी हाल सम्म पारेका छन ।
नेपालमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेलाई करिब कुल मतको ३० प्रतिशत प्राप्त गर्नुपर्ने प्रवधान रहेको छ ।