भारतले फुकुवा गरे लगत्तै कृषीप्रधान राष्ट्रले धमाधम चामलको आयात बढायो

रोशन गुप्ता

बारा, १७ मंसिर / 

पर्सा जिल्लामा पर्ने बीरगंज रक्सौल नाकाबाट धान र चामलको आयात धमाधम बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते भए सगै भारतबाट यसको आयातमा ठुलो उछाल देखिएको छ ।

ADVT.

भन्सारको बिवरण अनुसार एकीकृत सुरक्षा जाँच चौकी संचालन इन्टरमोडल यातायात विकास समितिले मंसिर ५ गते देखि बिहीबार सम्म १ हजार ७ सय ९४ ट्रक धान र चामलको आयात गरेको देखिएको छ । यी दुवै मध्ये नेपालले १ हजार ७ सय ९४ ट्रक धान आयात गरेको छ भने २३ ट्रक चामलको आयात गरेको देखीएको छ ।

भारतले धान चामलको निर्यात खुल्ल गरे लग्तै यस नाकामा देनिक गाडीको संख्यामा बृधि भएको स्थानियले बताए । नेपालका धेरै व्यवस्यीहरुलाई भारतले फेरी रोक लगाउने डरले आयात वातै बढेको व्यवसयीले बताएका छन । अर्को तर्फ भन्सारले धान चामलको आयातमा कृषी सुधार शुल्क बाप्त ५ प्रतिशत राजश्व लिने कानुनी प्रवधान रहेको वीरगंज भन्सार कार्यालयका सुचना अधिकृत दिल्ली सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *