नेपाली चलचित्र क्षेत्र बाट करिब २ वर्ष देखि टाढिएका एक चर्चित पात्र कामेश्वर चौरसिया “भुपति” चलचित्रबाट “कमब्याक” हुदै । दर्शक बिन्द तपाईहरुलाई जानकारी गराई दिहालौ कि वहाँ यस फिल्मका कलाकार मात्र होइन निर्माता पनि हुन ।
भनिन्छ, सफलता कमाउन भन्दा बचाउन मुस्किल हुन्छ, ठयाक्कै चौरसिया सँग यस्तै भायो । बारा जिल्लाको जीतपुरसिमरा उपाहानगरपालिका को वडा ७ जीतपुरमा सामान्य परिवारमा जन्मिएका चौरसियाँ नेपाल कै सबैभन्दा रुचाइएका कमेडियन तथा नेगेटिभ भुमिका खेल्ने पत्र पनि हुन । चलचित्र क्षेत्रबाट टाढीएपछि वहाँले काठमाडौँमा नै माछा फराई पसल संचालनमा ल्याए तर कोरोना कालमा वहाँ आफनै सहर जितपुरमा कपडा पसल संचालनमा ल्याए ।
चलचित्रमा फेरी आफनो झण्डा लहराउने चाहनाले वहाँले आफनै फिल्म प्रोडक्सन “कामेश्वर चौरसिया फिल्मस एण्ड प्रोडक्सन” दर्ता गरे । यसै ब्यानर अन्तरगत चलचित्र “भुपति” निर्माण मधेश प्रदेशमै छयाकन गर्ने सिमरामा पत्रकार सम्मेलन गर्दै घोषण गरेका छन ।
बिएस मेकरको संयुक्त लगानीमा भुपति निर्माण हुने चलचित्र फाल्गुन १ गते देखि छायांकन हुनेछ । यस फिल्मा तपाईहरु हेर्न सक्नुहुन्छ चौरसिया सहित रियाज आचार्य, सुनिल रसाईली, प्रदिप ढकाल, धनश्याम गिरी, इरसाद खान लगायत स्थानिय कलाकारको भुमिका हुनेछ । फिल्मको कुल बजेट ७५ लाख लाग्ने छ भने चलचित्र २ घण्टा पाँच मिनेटको हुनेछ ।
जादा-जादै दर्शकबिन्दहरुलाई केही रोचक जानकारी दिदै, कोरोना को पहिलो लहरमा सबै बैज्ञानीक कोरोना खोपको अविश्कारमा लागेका थिए भने चौरसिया त्यसै दमियान वहाँले ४ वटा फिल्मको स्क्रीप्ट लेखनमा अर्थात अविशकार गर्नमा सर्मपित गरेका थिए । आखिर दुबै पात्र अलग भएपनि उपचार कै क्रममा समय सर्मपित भएको बुझन सकिन्छ ।
One Reply to “कामेश्वर “भुपति” फिल्मसँग चलचित्रमा ‘कमब्याक’ हुदै”
Good 👍