मधेश प्रदेशको मुख्यमन्त्रीमा बारा जिल्लाबाट जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन । मधेशप्रदेशको प्रमुख हरिशंकर मिश्रले यादवलाई आज मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । वहाँको मुख्यमन्त्री पदको सफर सोचे जति सहज थिएन, यस भदा पहिला वहाँ संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेश प्रदेशमा सभामुख भइसकेको अर्थात वहाँले राजनितिक अनुभव अत्यधिक बटुलेको कारणले नै, आज वहाँ यहाँ सम्म पुग्न सफल हुनु भएका हुन ।
यादव बारा क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित भई प्रदेश सभा सदस्य हुदै ६३ सांसदको समर्थन सहित दाबी पेश गर्दै मुख्यमन्त्री भएका छन ।
बिरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा पढदापढदै २४ वर्षकै उमेरमा तत्कालीन हरिहरपुर गाविसकको अध्यक्ष हुदै आफनो राजनीतिक सफलको सुरु गरेका थिए । उनी वडा अध्यक्ष भएको कार्यकालमा धेरै लोकप्रिय काम गर्दैै आफनो क्षेत्रमा एक असल नेताको छवीबनाउन सफल भएका थिए ।
यसै गरि वहाँको संसदको यात्र भने २०६४ सालको पहिलो संविधानसभा सदस्यमा सदभावना पार्टीबाट बारा क्षेत्र नं १ बाट निर्वाचित हुदै सुरु भएको थियो ।