बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित नगरकै जेठो विधालय श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन सम्पन्न भएको छ ।
आज बसेको अभिभावक भेलाले वडा अध्यक्षलाई विधालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अभिभावक भेला मार्फत सर्वसम्मत चयन भएकामा रिंकु देवी कानु महिला सदस्य, रमेश कुमार सहनी, अफरोज आलम र विधालय शिक्षक अभिभावक संघको अध्यक्षमा अफताब मियाँ ठकुराई रहेका छन ।
यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका प्रदेश सभा सदस्य देवनारायण चौधरीले पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उदघाटन गर्दै नवगठित विधालय व्यवस्थापन समितिले विधालयलाई नमुना बिधालय बनाएर प्रविधिक क्याम्पस संचालन तिर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यसै विधालयबाट आफु शिक्षा पाए सगै शिक्षक समेत भएको ठाँउबाट बोलन पाएर गर्व महासुसु गरेको वहाँले बताए सगै नवगठित समिति स्थानिय तहसंग समन्वय गरे पुर्वाधार लगायत जनशक्ति व्यवस्थापनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता चौधरीले गरेका छन ।
यस विधालयले विगत एक दशक देखी उत्कृष्ट नतिजा नदिन सकेको कारणले गर्दा विधार्थीहरु अन्य विधालयमा जान बाध्य भएका छन । विधालयमा मात्र व्यवस्थापन समितिमा बसने होडबाजीको कारणले गर्दा विधार्थीहरुको भविष्य अन्योलमा परेको हुने गर्दछ । अब नव व्यवस्थापन समितिले विधालयको समस्यलाई समाधान गर्दै उत्कृष्ट नतिजा ल्याउने शुभकामना समाजसेवी शिवजी शाह सोनारले दिएका छन ।
यस्तै श्री फकिरा गिरी माध्यमिक विधालयका नवनिर्वाचित अध्यक्ष सुनिल कुमार गुप्ताले आफ्नो कार्यकालमा विधालयको कायापल्टन गर्दैै नेपालकै नमुना बिधालय बनाउनुमा कुनै कसर बाकी नराख्ने बताए । शिक्षा क्षेत्रमा ठुलो फडको मार्न सवै भन्दा पहिला जनशक्ति व्यवस्थापन, स्मार्ट प्रविधिबाट शिक्षा साथै व्यवासयिक प्रविधिक शिक्षमा जोड दिने योजना रहेको वहाँले बताउनु भयो । बिधालयमा विधार्थीहरुलाई शिक्षा निःशुल्क प्रदान गर्ने अर्थात कुनै प्रकारको शुल्क बिधाथीहरुबाट सँकलन नगरिने कार्यक्रम बिच वहाले प्रस्ट परेका छन । अहिलेको समय डिजिटल युगभएको कारणले बिधार्थीहरुलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न धैरै अवश्यक रहेकोले प्रविधिक क्याम्पस पनि संचालन गर्न आफले सम्बन्धित निकाय र सरोकारवालाहरु सँग नियमित सहकार्य र समन्वय गर्ने गुप्ताले प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य देवनारायण थारु , नगर उपप्रमुख भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका का प्रशासकीय अधिकृत चेत कुमार पोखरेल , जीतपुरसिमरा उपमहानगरका खेलकुद तथा शिक्षा शाखा प्रमुख शिवजी प्रसाद , जीतपुरसिमरा नगर उधोग वाणिज्य संघका पुर्व अध्यक्ष संजय साह ,पुर्व वडा अध्यक्ष रामबाबु कलावर, पुर्व वडा सदस्य ज्ञानी पासवान, ब्यवसायी राजु कुमार गुप्ता, ब्यवसायी प्रमोद कुमार गुप्ता लगायत विधालयको शिक्षक , शिक्षिका , समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।