रोशन गुप्ता
बारा, १८ माघ /
जीतपुरसिमरा नगर उधोग वाणिज्य संघ जितपुरले नेपाल सरकारको कृषि तथा पशुपंक्षी बिकाश मन्त्रि ज्वाला कुमारी साहलाई स्वागत गरेको छ । संघले नगर उधोग वाणिज्यको मुख्य कार्यालय जितपुरमा एक समारोहको आयोजना गरी मन्त्री साहलाई स्वागत एवं सम्मान गरेको हो ।
जीतपुरसिमरा नगर उधोग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा आफना भनाईहरु राख्दै नवनियुक्त कृषि तथा पशुपंक्षी बिकाश मन्त्रि ज्वाला कुमारी साहले बारा जिल्लाका उधोगी तथा ब्यवसायीहरुको समस्या समाधानका का साथै कृषी क्षेत्रलाई अधुनिकिकरण गर्ने बताउनुभायो । जनताहरुको सहुलियतको खयाल गर्दै नगर उधोगले पटक–पटक नगर भित्र अनुगमन गर्ने आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य देवनारायण चौधरीले किशान र व्यवसायीहरुको संम्बन्ध नङ र मासुको सम्बन्ध जस्तो रहेको वहाँले बताए । जीतपुरसिमरा उपमहानगर पालिका भित्रका व्यवसायीको एकता र हकहितका लागि बनेको यस संस्थालाई अगाडी बढाउन सबै लाग्नु पर्ने बताउनुभयो । यसै गरि किसानलाई पनि बिना झनझट मलखाद समयमा उपल्बध गराउनुपर्ने बताउदै पालिकाले आगमाी दिनमा यी दुवै पात्रलाई सहकार्य र रहयोग गर्ने अवश्यक रहेको बताउनु भयो । यसै गरि यसै पालिकाका वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले युवा जन शक्तिलाई रोजगार सिर्जना गर्ने उधोग स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा नगर उधोग वाणिज्यका पुर्व सल्लाहकार गणेश प्रसाद साह, वडा ७ का वडा सदस्य सिता उप्रेती, वडा ७ का वडा सदस्य निरुल्लाह अंसारी, संघका कोषाध्यक्ष रामबाबु कलावर, संघका सदस्य तसौवर हुसेन, संतोष कुश्वाहा, राजेश कुमार साह, रिना रौनियार पुरी लगायतको सहभागिता रहेको थियो ।

