प्रेस चौतारी बाराले समाचार संकलन गर्ने क्रममा बिहीबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ५ बकुलियाको कार्यालय अगाडी पत्रकार रोशन गुप्ता माथि दुव्र्यवहार र हातपालत गरेको घटनाप्रति ध्यानाकर्षण जनाउनुको साथै दोषीउपर कारवाहीको माग गरेको छ ।
सडक तथा नाला निर्मान योजनाको भुक्तानीको विषयमा भ्रम लुट भएको जानकारी स्थानियबाट आएपछि समाचार संकलन गर्ने क्रममा वडा बाट निर्देशित व्यक्तिले पत्रकारमाथी दुव्र्यवहार र हातपात गर्नुको सार्थ मोबाईल आफनो नियन्त्रणमा लिएर पुरै भिडियो उडाउनुको साथैै मोबाईल फोडेर करिब १ घण्टाको अन्तरालपछि पुण गुप्तालाई दिएका थिए । आफुमाथी हातपात भएपछि गुप्ताले दोषीमाथी कडाभन्दा कडा कारवाहीको माग गरेका छन ।