पुरानो बदला लिन वन कर्मचारी अब्दुल करिमले वडाध्यक्ष चौधरीलाई फसाएको स्थानियको आरोप

पवन सिंह
बारा, २७ फागुन /


बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित ककडी रेन्जपोष्टमा कार्यरत हुँदा महिलाहरुबाट कुटिएकै कारण वन कर्मचारी अब्दुल करिमले वडाध्यक्ष नन्दकिशोर चौधरी संग बदला लिइएको तथ्य बाहिर आएको छ । उक्त कार्यालयमा कार्यरत रहँदा करिमले स्थानिय महिलाहरु संग यौन सम्पर्क गर्न खोज्ने प्रस्ताव गरेको हुँदा त्यहाँका महिलाहरुबाट कुटिएका कारण नै सो बदला लिइएको तथ्य बाहिर आएको हो ।

स्थानियहरुका अनुसार करिमलाई महिलाहरुले घिसार्दै चप्पलले हिर्काउँदै गर्दा त्यस बेलाका वडा अध्यक्ष प्रत्यासी एवं बर्तमान वडाध्यक्ष चौधरी स्वंम त्यहाँ उपस्थित रहेको र वन कर्मचारी करिमलाई कुनै किसिमको सहयोग नगरै कै कारण वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहसंग समन्वय गरी बदला लिएका छन् ।

विगत केही बर्ष अगाडी सो घटना हुँदा कार्यवाहीमा समेत परेका र इलाका प्रहरी कार्यालय कोल्हबीको हिरासत कक्षमा समेत थुनिएका करिमलाई सरुवा भई सकेका जिल्ला वन अधिकृत मञ्जुर अहमदको केही दाउ नलागे पछि बर्तमान जिल्ला अधिकृत सिंह संग सहयोग लिएर शुरुमा आफैंले अपशब्द प्रयोग गर्दै करिमले हातपात गराएको स्थानिय प्रत्यक्षदर्शीहरुले बताउँछन् ।

डिभिजन वन अधिकृत सिंहले वडाध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको बताए । अनुसन्धानका लागि कार्यालयले अब्दुल करिमलाई नै जिम्मेवारी दिएको कारण पनि वडाध्यक्ष चौधरी फसाइएको भन्ने कुरा प्रष्ट हुन्छ ।

यता वडाध्यक्ष पक्राउ परेको विषयलाई लिएर आक्रोशित स्थानीयले नाराबाजी गरेका छन् । वडाध्यक्षको संलग्नतानै नरहेको घटनामा पक्राउ गरेर लगिएको भन्दै स्थानीयले तत्काल छोड्न माग गरेका हुन् । विरुवा कटान र तारपोल भत्काउने कार्यमा भूमाफियाको संलग्नता रहेको हुनसक्ने बताउदै स्थानीयले निर्दोष वडाध्यक्षलाई नफसाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *