बारामा एक युवकको घरभित्रै शंकास्पद हत्या , सीसीटिभी फुटेजको आधारमा आरोपी पक्राउ

बिपना शर्मा /
बारा २६ फाल्गुन

रौतहटको सिमानासँगै जोडिएको बाराको निजगढमा १७ वर्षीय किशोरको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा. नम्र ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० वर्षका अरुण कुमार साहलाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले ओतपोत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको हो । हत्याको कारणको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *