बिपना शर्मा /
बारा, २५ फागुन
बारा को निजगढ नगरपालिका वडा नं.९ मा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । मृतक युवक करिब १८ वर्षीय युवक बजार स्थित एक घरमा फेला परेको थिए । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाको अनुसार, काले नामले प्रचलित भएका रोहित शर्मा घरमै गए राति घाँटी रेटी हत्या भएको हो । घरमा एक्लै रहेको बेला शर्माको घाटी रेटि हत्या भएको र घटना बारे थप बिवरण आउन बाँकी रहेको छ । शर्मा आफ्नो जिविका चलाउन पेन्ट सम्बन्धि कार्य गर्दैआएका थिए ।

