रोशन गुप्ता
जितपुर, २५ फागुन
जितपुरसिमरा उपमहानगरपालिका र राम रुकमाणी परोपकारी को सहर्कायमा प्याड र पेन्टी बितरण गरिएको हो । उपमहानगरपालिका को वडा १८ उचिडिमा २५० जनालाई प्याड तथा पेन्टी वितरण गरिएको थियो । यस कार्यक्रममा १२५० पिस प्याड र पेन्टी बितरण गरिएको जानकारी वडा सदस्य कमला नैयपानेले दिएको थिए । जितपुरसिमरा उपमहानगरपालिका की नगर उपप्रमुख सरस्वती चौधरीले आफ्नो हात बाट एक महिलालाई ३ वटा प्याड तथा एउटा पेन्टी बाडेकी थिइन ।

यस कार्यक्रममा वडा अध्यक्ष अर्जुन दाहाल, वडा सदस्य कमला न्यौपाने , शुभित्र न्युपैने, अनिता चौधरी, सामाजिक शाखाका अधिकृत दुर्गा न्युपैने , राम रुकमणी परोकारी गुढीका महासचिव उपेन्द्र जोसी, समाज सेवी मनोज कुमार साह लगाएत त्यहाँका स्थानिहरुको उपस्थिति रहेको थियो ।

