सप्तरीबाट दुई युवालाई पेस्तोलसहित प्रहरी नियन्त्रण गरेको छ ।
पक्राउ परेका दुवैजना सप्तरी जिल्ला कै छिनमस्ता गाउँपालिका–२ महुवाका २८ वर्षीय सोनु राय र एक जना राजबिराज नगरपालिका–१ डुमरीका २८ वर्षीय रोशन यादव रहेका छन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ गर्ने क्रममा तिलाठी कोईलाडी गाँउपालिका–१ खाडोखोला स्थित दुबैको कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड ईन युएसए र अर्को पटी चाइना लेखेको अटोमेटिक म्याग्जिन सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले सोधपुक्ष गर्ने क्रममा रोशन यादवले आफुलाई सो पेस्तोल दिएको बताए । सोनु राय को बयानको अधारमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले SLF खबर लाई जनाएको छ ।