रोशन गुप्ता /
सिमरा, २९ फागुन
सिमरामा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरु लाई आत्म निर्भर मात्र होइन स्वास्थ्य निर्भर पनि बनाएको छ । यस संस्थाले महिलाहरुमा हुने समस्या हुने जस्तै पाठेघरमा हुने क्यान्सर र स्तन क्यान्सरको स्वास्थ्य परिक्षण शिविर वडा २ मा संचालन गरेको छ । स्वास्थ्य परिक्षण शिविरमा जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने वडाहरु बाट ३ सय जना महिलाहरुको सहभागिता रहेको थियो । आइतबार पनि १५० जनामहिलाहरुलाई स्वास्थ्य चेक जाच गरिने छ । संस्था सँग आबध १८ सय जना महिलाहरु रहेको छन । महिला सँस्था भएको कारणले महिलाहरुमा हुने सम्स्या पाठेघर तथा स्तन इन्फेक्सन भएर क्यान्सर सम्म हुने सम्भावना भएको कारणले गर्दा स्वास्थ्य शिविर संचालनमा लयाएको हो । बिगतको दिनमा पनि यस संस्थाले ४ चोटी स्वास्थ्य शिविर संचालन गरि सकेको, विशेष गरि यस कार्यक्रममा महिलाहरुको पाठेघरको पानी निकालेर टेस्टको लागि इन्फेक्सन छ कि छैन अर्थात क्यान्सर छ कि छैन, यदी क्यान्सर छ भने त्यसको उपचार गरिने संस्थाकी कोषअध्यक्ष गिता शर्माले बताएकी हुन ।

अनिता अधिकारीको अध्यक्षतामा स्वास्थ्य शिविर संचालन गरिएको र कार्यक्रम का संचालन संस्थाकी सशीधिमा शर्माले गरेको थिइन । स्वागत मन्तव्य संस्थाको उपाअध्यक्ष मुन्न खरेलले गरेको थिए भने कार्यक्रमा अन्तयमा धन्यबाद ज्ञापन संस्थाको कोषाअध्यक्ष गिता शर्माले गरेको थिइन ।
स्वास्थ्य शिविर कार्यक्रममा प्रदेश सभा सदस्य मान्निय प्रमुख अथिति सिता गुरुङ रहेको थिइन भने प्रदेश सभा सदस्य मान्निय विशिष्ट अथितिमा सोभा लामा रहेकी थिइन । स्वास्थ्य शिविर महिला बचत तथा ऋण सहकारी संस्थाले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल ललितपुरको प्रविधिक सहयोगमा आयोजना गरिएको थियो ।
महिलालाई सिप मुलक बनाएर आत्मनिरभर बनाउने उद्धेश्य स्वरुप शुरु भएको संस्था रहेको हो । यस तालिमले सहभागीहरुको जीवनमा सकारात्मक भुमिका निर्वाह गर्ने तथा महिलाहरुलाई स्वास्थ्यबाट पनि बलियो बनाउने कारणले यस संस्थले बारम्बार स्वास्थ्य शिविर संचालन तथा सिप मुलक कार्यक्रम आयोजना गर्दै आएको संस्थाको उपाअध्यक्ष मुना खरेल लगाएत सम्पुर्णले कार्यकक्रम विच जानकरी गराएका थिए ।
स्वास्थ्य शिविरमा आर्थिक अवस्थाले कमजोर भएकालाई निःशुल्क प्रदान गरेको थियो भने संस्थाको सदस्यहरुको लागि २५० शुल्क लाग्ने गरेको र संस्था सँग आब्ध नभएकालाई ३०० शुल्क निधारण गरिएको थियो ।

