बारामा कुहिएको अवस्थामा एक बालकको शव फेला

बिपना शर्मा /
बारा फागुन २८
बारामा १४ वर्षीय बालकको शव कुहिएको अबस्थामा फेला परेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० बगैचा तर्फे धानको भुसको खरानीमा पुरिएको अवस्थमा बारा प्रहरीले आज बिहान साढे ८ बजे शव बरामद हो । वडा २३ भलुही टोलका जाकिर हुसैन मिया मन्सुरीका १४ वर्षीय छोरा साहिद हुसैन मिया मन्सुरी विगत १७ दिनदेखि बेपत्ता भएका थिए । उनको अपहरणपछि हत्या गरी फालिएको हुन सक्ने परिवारजनले आशंका गरेका छ ।

बाराको परवानीपुरस्थित ज्ञान सागर बोर्डिङ स्कूलमा अध्ययनरत साहिदले रातो टिर्सट, ब्लु पैन्ट र रातोरपहेलो रंगको प्लास्टिकको चप्पल लगाएका थिए । उनको पहिचान उनको कपडाबाट भएको साहिदका काका ताहिर हुसैन मिया मन्सुरीले बताए । गत फागुन ११ गते राति ११ बजे गाउँमा आएको जन्ती हेर्न जाँदा उनी सम्पर्कविहिन बनेका थिए । परिवारजनका अनुसार पारिवारिक रिसइबीको कारण बालकको हत्या गरेर गाडिएको हुन सक्ने अशंका गरेका छ । परिवारजनले दोषी पत्ता लगाई आवश्यक कारबाहीको लागि माग गरेका छन । सो घटनाको थप अनुसन्धान कुकुरको प्रयोग गरीने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *