रोशन गुप्ता
जितपुर, २५ बैशाख
भारतमा मदिरा प्रतिबन्ध भएको कारणले गर्दा महोत्तरीको मनरासिश्रा नगरपालिकाबाट भारत तर्फ तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले ४ मोटरसाईकल सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
मनरासिश्वा १० स्थित भारत–नेपालको सीमा नजिकै भारतीय नम्बर भएको चार वटा मोटरसाईकलमा ११ कार्टुन मदिरा पछाडी तर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिलीकुमार गिरीले बताएका छन ।
अन्य २ बाईक का चालक प्रहरी हेर्ने वितिकै मोटरसाईकल छोडेर भाग्न सफल भएका थिए । भारतीय मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको बाईकको नम्बर बीआर ०३ के ५४३३, बीआर ३० भी ८०९५, बीआर ०६ एडब्लु ८९१७ र बीआर ३० आर ०४३४ रहेको छ ।
प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल र मदिरा रु ३ लाख २९ हजार नौ सय बराबरको रहेको प्रहरीले जानकारी गराएका छन । प्रहरी नियन्त्रणमा रहेका व्यक्ति सहित मदिरा आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वर बुझाएको छ ।

