जन्मदिनको अवशरमा वडाध्यक्ष द्धारा शैक्षिक सामाग्री वितरण

जितपुर, २४ बैशाख

पवन सिंह

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरका वडाध्यक्ष सुनिल गुप्ताले जन्मदिनको अवशरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय जितपुरमा अध्यनरत कक्षा ५ का बिधार्थीहरुलाई ६ थान कपी र कक्षा १ मा अध्यनरत बिधार्थीहरुलाई ब्याग वितरण गर्नुभएको छ । 

शैक्षिक सामाग्री अभावमा पठनपाठनमा असहज नहोस भनेर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको उहाँको भनाई छ । शैक्षिक सामाग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै बालबालिकाहरुलाई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा पनि प्रेरित गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *